मन्त्रीपरिषद् विस्तार नहुँदा काम रोकियो भन्नु गलत मुख्यमन्त्री शाही

सुर्खेत । मन्त्रिपरिषद् विस्तार नहुँदा काम रोकियो भन्नु गलत भएको कर्णालीका मुख्यमन्त्री जिवन बहादुर शाहीले बताएका छन् ।
सोमबार प्रदेश रङ्गशालाको स्थलगत अवलोकनमा पुगेका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री नियुक्त नभएकै कारण कुनै काम नरोकिएको दाबी गरे ।

उनले आफ्नै पार्टीको महाअधिवेशन र अहिले सत्ता साझेदार नेकपा माओवादी केन्द्रको महाअधिवेशन जारी रहेकाले विस्तारमा ढिलाइ भएको भन्दै माओवादीको महाधिवेशन सकिने बित्तिकै सरकारले पूर्णता पाउने बताए ।
यसैबिच सोमबार युवा उद्यमी तथा व्यवसायी सङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका नागरिक सुनको थालमा भिख माग्ने भिखारी भएको बताएका छन् ।
मुख्यमन्त्री शाहीले अब यो प्रथाको अन्त्य गर्न जरुरी रहेको भन्दै बाहिरबाट आयातमा मात्र गर्ने नभई यहाँको उत्पादनहरू निर्यात गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका नागरिक सुनको सिरानी हालेर नुनको खोजीमा भौँतारिएको भन्दै बहुमूल्य च्याउ, झ्याउ र स्याउलाई व्यवस्थित र बजारीकरण गर्न सके धनी हुन समय नलाग्ने बताए ।

 


तपाईको प्रतिक्रिया