यथास्थितिमा कुनै हालतमा एमसीसी पारित नहुने प्रचण्डको भनाई


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने बताएका छन् ।
माओवादी केन्द्रको आठौं सम्मेलनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा एमसीसी संशोधनपछि मात्र रित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको र यथास्थितिमा कुनै पनि हालतमा पारित नहुने उनले बताए ।

त्यस्तै उनले आफ्नो राजनीतिक प्रतिवेदनमा २०७७ फागुन २३ गते नेकपा विवादमा सर्वोच्च अदालतले गरेको फैसला अस्वाभाविक र राजनीतिक भएको पनि उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया