भोली देखी दिईने भनेको फाइजर खोप अभियान स्थगित

काठमाडौं । भोलि (मंगलबार)देखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थागित भएको छ । खोपका लागि सिरिञ्ज नआएपछि केही समय ‘होल्ड’ गर्नुपरेको स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालले बताए ।
खोप अनुदानमा आएपनि सिरिञ्ज अहिलेसम्म नआएको उनको भनाइ छ । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए ।
सरकारले आठ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

तपाईको प्रतिक्रिया