
सुर्खेत । कोभिड १९ संग सम्वन्धीत मनोसामाजीक विषयबस्तुमा दुई दिने तालीम सोमबार देखी वीरेन्द्रनगरमा सुरु भएको छ ।
शान्तीका लागी साझा अभियान (कोक्याप) को आयोजनमा जनप्रतीनीधी, विद्यार्थी,, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधी तथा स्वयमसेवकहरुका लागी २ दिने तालीम संचालन गरिएको हो ।
मनोपरामर्षदाता शर्मीला विसिको सहजीकरणमा भएको तालिममा कोभिड १९ का कारण उत्पन्न भएका समस्या माथी छलफल तथा समाधानका उपायहरु पहिचान गर्नका लागी तालीमको आयोजना गरिएको कोक्यापका कार्यक्रम संयोजक प्रभात भट्टले जानकाकरी दिए ।
संस्थाले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा पालिका स्तरीय कार्यक्रमहरु संचालन गरिरहेको छ ।
कोक्यापले मानव अधिकार संग सम्वन्धीत तालीम गोष्टी तथा सेमिनार, जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धी तालिम, पालिका स्तरमा रहेको न्यायिक समितीको क्षमता अभिवृद्धी कार्यक्रम, महिला शसक्तीकरणका कार्यक्रमहरु तथा नागरिक समाज संघ संस्थाहरु संगको सहकार्यमा काम गरीरहेको कार्यक्रम संयोजक प्रभात भट्टले जानकारी दिए ।
कोक्यापले वीरेन्द्रनगरमा २०१८ देखी २०२० सम्म सामाजिक सुरक्षाको कार्यक्रम न्यायमा पहुच रेडियो कार्यक्रम संचालन संचालन गरेको थियो भने, आगामी एक महिना पश्चात समुदाय स्तरमा पनी काम गर्ने तयारी गरेको कार्यक्रम संयोजक प्रभात भट्टले जानकारी दिए । दुई दिन सम्म संचालन हुने कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका केही जनप्रतीनीधी, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका ईन्चार्ज घनश्याम केसि, कोक्याप कर्णाली प्रदेशका सम्पर्क व्यक्ती शान्ता भुषाल फियान नेपाल, भुमी अधिकार मञ्च, स्याक नेपाल लगाएत संस्थाहरुका प्रतिनिधीको सहभागिता रहेको छ ।


दर्शन खबर । १२ पुष २०७८, सोमबार