
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसवीच सहकार्य गर्ने समझदारी भएको छ । मध्यपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकाय केन्द्रीय क्याम्पस, ब्यवस्थापन केन्द्रीय क्याम्पस र त्रिभुवन विश्वविद्यालयको सुर्खेत बहुमुखी क्याम्पसबिच आपसी समझदारी भएको हो ।
शैक्षिक गुणस्तर बृद्विका लागि प्राध्यापक-शिक्षक-कर्मचारी-बिद्यार्थी र बिज्ञहरूविच सिकाई आदान-प्रदान, अध्ययन-अनुसन्धान, प्रकाशनमा दुवै तर्फ सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधव खनाल, शिक्षा शास्त्र संकाय केन्द्रीय क्याम्पस प्रमुख जसविर रोका, व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस प्रमुख दिपक सिंले हस्ताक्षर गर्नुभएको थियो ।
मप बिश्वविद्यालयका शिक्षा शास्त्र सङ्कायका डिन सप्राडा लिलाधर तिवारी, व्यवस्थापन संकायका डिन प्राडा दिप बहादुर रावल, शिक्षा शास्त्रका पूर्व सहायक डिन बिष्णु कुमार खडकाको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।


दर्शन खबर । १२ पुष २०७८, सोमबार