
सुर्खेत । भेरिगंगा जेसिज वर्ष २०२२ को लागि नयाँ कार्य समिती चयन गरिएको छ । शनिवार सम्पन्न भएको भेरिगंगा जेसिजको चौथो साधारण सभा मार्फत गोपी प्रशाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको हो । जसको कार्यकारीणी उपाध्यक्षमा मुक्तीराम तिवारी र निर्मला शाही, उपाध्यक्षमा रमेश कुमार शर्मा, मिना खड्का, ज्ञानु भुषाल र यामलाल खत्री चयन हुनु भएको उपाध्यक्ष रमेश शर्माले जानकारी दिए ।
भेरिगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विशेष अतिथी नगर उपप्रमुख रेनु आचार्य ढकाल, नेकपा एमाले भेरिगंगा नगरकमिटी अध्यक्ष अध्यक्ष नर बहादुर थापा, नेपाली कांग्रेस भेरिगंगा नगर सभापती राम बहादुर सिंह, नेकपा माओवादी केन्द्र भेरिगंगाका अध्यक्ष गणेश भण्डारी लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष रमेश शर्माले जानकारी दिए ।


दर्शन खबर । ११ पुष २०७८, आईतवार