गुण एयरले पौष १८ देखी सुर्खेत काठमाण्डौ नियमित उडान भर्ने


सुर्खेत । गुण एयरलाइन्सले यहि पौष १८ अथवा जनवरी १ तारिख देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्ने तयारी गरेको छ । आईतबार देखी टिकट बुकिङ्ग सुरु हुने एयरलाईन्सले जनाएको छ ।
बिगत लामो समय देखि देशका विभिन्न स्थानहरुमा आफ्ना दुईवटा बिचक्राफ्ट थप गरि पाँच वटा जेटस्टीम सहित कुल ७ वटा विमानबाट उडान शुरु गरेको कम्पनीले सुर्खेत काठमाडौँ उडान भर्न लागेको हो ।
कर्णाली प्रदेशका अध्यक्ष निर्मल केसीका अनुशार यहि पौष १८ गते देखि सुर्खेत काडमाण्डौ उडान शुरु गर्न लागेको बताए । उनका अनुसार जनमानसको सेवा सुविधा मध्यनजर गरी गुण एयरले सेवा सुचारु गर्न लागेको हो । अहिले बुद्ध एयर दिनको एकपटक सेवा दिई रहेको र भाडा दर हेर्दा सबैको सहजै पहूचमा नहुने साथै बिहानको बुद्ध एयरको फ्लाईट पश्चात काठमाण्डौ जानु पर्ने भएका सुर्खैत देखि नेपालगंज सम्मको यात्रा पछि मात्र काठमाण्डौ जानु पर्ने भएकोले उक्त झंझट हटाउनका लागि पनि सेवा शुरु गर्न लागीएको हो ।


यति मात्र नभई भाडा दर कम हुने भएको हुँदा पनि नेपालगंज नै नगई सुर्खेत देखि ५५ मिनेटको यात्रा गरि काडमाण्डौ पुग्न सकिने भएकोले पनि कर्णालीवासीहरुको लागी सुविधा हवाई यात्रा हुनेछ ।
केसीका अनुसार कर्णाली प्रदेशका राजधानी भएको हुँदा पनि यहाँबाट सस्तो र प्रतिस्पर्धा दरमा यात्रा गर्न पाउने भएको हुँदा कार्णालीवासीहरुलाई पनि राम्रो हुन्छ । पहिलो चरणमा गुण एयरले काठमाण्डौ, सुर्खेत सेवा सुचारु गरेपछि दोश्रो चरण्मा सुर्खेत, पोखरा, सुर्खेत भैरहवा र सुर्खेत धनगढि पनि उडान गर्ने बताइएको छ ।


तपाईको प्रतिक्रिया