
सुर्खेत । अनेरास्वीयु पञ्चपुरी नगरकमीटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शनिवार भएको ऐतीहासिक नगर अधिवेशनले अमृत चपाँईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा पवित्रा बिक, सचिव राम बहादुर नेपाली, सह-सचिव डिलसरि रेगामि, जयकृष्ण बुढा र निर्मला कार्की
कोषाध्यक्षमा संगिता बुढा, लगाएत ३५ जनाको नगर कमिटि निर्माण गरिएको अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्य प्रभात पोख्रेलले जानकारी दिए ।
अनेरास्वीयुका केन्द्रीय सदस्य प्रभात पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्वीयु पञ्चपुरीका ईन्चार्ज सरु परियार, एमाले नगर कमिटी सचिब धर्मराज ढुगांना, सचिवालय सदस्य, हरी रिमाल, अनेरास्वीयु चौकुनेका ईन्चार्ज केशव सावँद, अनेरास्वीयु जिल्ला कमिटी सदस्य रितु खनाल, अनेरास्वीयुका पुर्व केन्द्रीय सदस्य तपेन्द्र विसी लगाएतका विद्यार्थी नेताहरुको सहभागिता रहेको केन्द्रीय सचिवालय सदस्य प्रभात पोख्रेलले जानकारी दिए ।


दर्शन खबर । ११ पुष २०७८, आईतवार