
सल्यान । देवर भाउजूले आफ्नो अनैतिक सम्बन्ध लुकाउन आमाको हत्या गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका – झिम्पे निवासी ७० वर्षीया जमानी बुढाको निजको काइली बुहारी २४ वर्षीया सुशीला बुढा र मृतक जमानी बुढाको छोरा नाता पर्ने १९ वर्षीय कमल बुढा मगरले घाँटी थिचेर मारेको पाइएको हो ।
२०७८ असार ११ गते राती बुढालाई छोरा नाता पर्ने कमल र काइली बुहारीले घाँटी थिचेर मारी भ¥याङबाट लडी मरेको कुरा भनी भारतमा रहेका अन्य घरपरिवार र छरछिमेकलाई जानकारी गराई काजक्रिया समेत गरेको अवस्थामा गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सबुत मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली बुढा र कमलको बुवा ४८ वर्षीय बालाराम बुढा मगरले सहयोग गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए । हत्यामा संलग्न र सबुत मेटाउन सहयोग गर्ने चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।
बालाराम बुढा मगर, चमेली बुढा र सुशीला बुढालाई पुस ३ गते र कमल बुढालाई शनिवार नियन्त्रणमा लिइएको यादवको भनाई छ । भाउजू र देवरको बिच केही समय पहिले देखि रहेको अनैतिक सम्बन्धको कारणले उक्त सम्बन्ध लुकाउन जमानी बुढाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १० पुष २०७८, शनिबार