
दैलेख । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुराँस गाउँपालिका दैलेखकोे अध्यक्षमा नारायण क्षेत्री चयन हुनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको आयोजनामा शनिवार भएको भेलाबाट, उपाध्यक्षमा नन्दा गुरुङ, सचिवमा ललित बि.सी, कोषाअध्यक्षमा किरण के. सी., सदस्यहरु निमबहादुर राना, राजु शाह, दुर्गा रावल, कमला थापा र राजेन्द्र बहादुर बि.सी. गरी ९ सदस्यीय पालिका स्तरीय कमिटी चयन भएको नेकपा एमाले गुराँस गाउँपालिकाका सचिव दिपेन्द्र वलीले जानकारी दिनुभयो ।


दर्शन खबर । १० पुष २०७८, शनिबार