अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनेका हुम्लाका चन्द्रे कामी फेला परेका छन् । आज बिहान खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको जनाइएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरुले घरबाटै राति लिएर गएका थिए ।

त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए । रमिला र उनका बुबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली प्रदेशका प्रवक्ता एसपी माधव श्रेष्ठले दिएको जानकारीअनुसार उनी आज बिहान सम्पर्कमा आएका छन् । चन्द्रेको खोजीमा ४० जना प्रहरी खटिएका थिए ।

तपाईको प्रतिक्रिया