जन्मदीनमा मानव सेवा आश्रमलाई गाउँपालिका अध्यक्ष केसीकाे सहयोग


सुर्खेत । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिले आफ्नो जन्मदीनको अवशरमा मानव सेवा आश्रम सुर्खेतलाई सहयोग गर्नु भएको छ ।
अध्यक्ष केसिले प्रत्येक बर्ष आफ्नो जन्मदीनमा मानसेवा आश्रमलाई सहयोग गर्दै आउनु भएको छ । गाउँपालिका अध्यक्ष केसिले गाउँपालिकाको तर्फबाट संस्थागत रुपमा नगद पचास हजार र खाद्यान्न सहयोग गर्नु भएको हो ।
जन्मदिनको अवशरमा मानव सेवा आश्रमलाई सहयोग गर्दै गाउँपालिका अध्यक्ष केसिले मानव सेवा आश्रमले विभिन्न हिसावले सडकमा दुख पाईरहनु भएका नागरिकहरुलाई एकै स्थानमा राखी स्वास्थ्य उपाचार देखी लिएर शिक्षा दिक्षा प्रदान गरेकोमा मानव सेवा आश्रमलाई धन्यावाद समेत दिनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष तथा मानवसेवा आश्रम अभिभावक परिवारका संयोजक लोक प्रशाद चालिसेले मानब सेवा आश्रम लाई सहयोग गर्ने सहयोगी मनहरुको संख्या बढ्दै गईरहेको भन्दै गाउँपालीका अध्यक्ष केसिलाई धन्यावाद ज्ञापन गर्नुभयो ।
हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ नेवारेमा रहको मानव सेवा आश्रममा २४ जना महिला र ४९ जना पुरुष गरी जम्मा ७३ जना रहेको मानव सेवा आश्रम सुर्खेतका जिल्ला सहसंयोजक उद्धब जाेसीले जानकारी दिनुभयो । मावन सेवा आश्रमले विगत ३ बर्ष देखी सुर्खेतमा मावन सेवाको काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया