गुर्भाकोटमा ७१ वर्षीय श्रीमानले गरे श्रीमतीको हत्या


सुर्खेत । परपुरुषसँग लागेको आरोप लगाउँदै एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका-१३ भक्तपुरका ७१ वर्षीय भीमबहादुर परियारले श्रीमतीको हत्या गरेका हुन् । उनले ६९ वर्षीय गौमाया परिवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएको झोकमा श्रीमतीको हत्या गरेको खुलेको छ । ‘घटनाबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया