आजदेखी शुभाघाट मेला सुरु, ख्याती प्राप्त कलाकारहरुको साथमा नाइट सो संचालन हुने


सुर्खेत । राष्ट्रिय तथा स्थानिय कला र संस्कृतीको सान, गुर्भाकोटको ऐतिहासिक पहिचान भन्ने उद्देश्यका साथ शुभाघाट मेला सुरु भएको छ ।
गुमी ज्योति युवा क्लब सुर्खेतको आयोजनामा देखि पौष ७ गते सम्म सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनामा ऐतिहासिक शुभाघाट मेला २०७८ सुरु भएको मुल आयोजक समितीले जनाएको छ ।
आयोजक टिमका अनुसार नेपाली चलचित्र जगतका नायक,नायिका राष्ट्रिय कलाकार हास्य कलाकार र स्थानीय कलाकारद्वारा हरेक दिन बेजोड सांस्कृतिक प्रस्तुति हुने बताइएको छ ।
मेलाको पहिलो दिन आज गते साझ नाइट सो संचालनमा ख्याति प्राप्त कलाकारहरुद्वारा नृत्य तथा लाइभ दोहोरी कार्यक्रम हुने छ ।
त्यस्तै ऐतिहासिक शुभाघाट मेलामा आउने कलाकारहरु ५ गते आउने कलाकार शान्ति श्री परियार त्यस्तै ६ गते आउने कलाकारहरु ज्योति मगर,कमेडियन कुल बहादुर वली र ७ गते आउने कलाकारहरु गायिका प्रिती आले,नायक पल शाह, गायक धनराज चुनारा र गायक गणेश सिंह ठकुरी आउने आयोजक टिमका संयोजक कुल बहादुर घर्तीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया