
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अलपत्र रहेको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट भेडाबारी सडक खण्डको स्तरोन्नति कार्य ट्रयाक खोलेको दशकौँ बर्ष पछी पुरा हुने भएको छ । लामो समय पश्चात यो सडक बन्द र अलपत्र समेत परेको थियो । गौरवशाली योजना अलपत्र पर्दा सास्ती खेप्न बाध्य भएका लेकवेशी, वीरेन्द्रनगर र गुर्भाकोटका जनता भने अहिले निकै खुःसी भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ का सांसद ध्रुब कुमार शाहीका विषेश पहलमा काम थालीको हो । उक्त राजमार्ग सडक कालिका-केएस-बेदान्सी जेभीले कालोपत्रे गर्ने जिम्मा पाएको छ । ट्रयाक खुलेको झन्डै ४२ वर्षपछि मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाविट-भेडाबारी सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको हो । वैशाखमा १ अर्ब ५१ करोड रुपैयाँमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । राजमार्ग आयोजना निर्देशनालयले सडक स्तरोन्नतिका लागि कालिका केए स जेभीले कालोपत्र १ अर्ब ३ करोड रुपैयाँमा सम्झौता गरेको हो ।
३५ किलोमिटर लामो धुलियाबिट-भेडाबारी खण्ड करिब ४ मिटर मात्रै चौडाई छ । ९ मिटर रहने गरी सडक स्तरोन्नति गर्दा ७ मिटर चौडाई बराबर कालोपत्र गरिने भएको छ । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिका-११ र १३, लेकबेंसी नगरपालिका-१, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिका-१०, ११, १२, १३ र १४ वासी प्रत्यक्ष प्रभावित हुनेछन् ।
कच्ची सडकका कारण नै उक्त सडक खण्डमा पटक-पटक सवारी दुर्घटना भएका छन् । स्तरोन्नति नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ ।


दर्शन खबर । ३ पुष २०७८, शनिबार