कल्याण ऐतीहासिक धार्मीक तथा खेलकुद मेला २०७८ संचालन हुने

सुर्खेत । कल्याण ऐतीहासिक धार्मीक तथा खेलकुद मेला २०७८ संचालन हुने भएको छ । पौष ८ गते देखी १० गते सम्म संचालन हुने मेलामा राष्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीका साथै खुला भलिबल तथा ब्याडमिन्टन प्रयोगिता संचालन हुने भएको हो । कार्यक्रममा राष्ट्रीय कलाकार शुकदेब अधिकारी, सुनिता थापा, नितु थापा, गंगा खड्का, खुष्बु मगर लगाउत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कल्याण एतिहासिक धार्मीक तथा खुलकुद मेला विकास समिती कल्याणको आयोजना, नगर खेलकुद विकास समिती लेकवेशीको सहयोग तथा लेकवेशी नगपालिकाको समन्वयमा कार्यक्रम हसन लागेको हो ।
खेलकुद तर्फ भलीबल र ब्याडमिनटन प्रतियोगिता हुने छन् । भलिबल तर्फ प्रथम पुरस्कार ३५ हजार र दोस्रो पुरस्कार २० हजार रहेको छ भने ब्याडमिन्टन तर्फ प्रथम पुरस्कार २५ हजार र दोस्रो पुरस्कार १५ हजार रहेको आयोजकले जनाएको छ ।


तपाईको प्रतिक्रिया