
सुर्खेत । स्थानीय तहमा पर्यावरणीय कृषि प्रबद्र्धनका लागि साझेदार सस्थाहरुको क्षमता अभिबृद्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रयास परियोजना अन्र्तगत ‘पर्यावरणीय कृषि प्रणर्ाली प्रबद्र्धन कार्यक्रम’ सञ्चालन गरिरहेका साझेदार संस्थाका प्रतिनिधिहरुको क्षमता अभिबृद्धिका गर्ने उद्देश्यले अभिमुखिकरण गरेको हो । भिएसओको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको हो ।
अभिमुखिकरणमा भिएसओ, सामाज विकास सबलिकरण, सुशासन प्रवधनको लागि युवा र अशल शासन क्वलका करिव २५ जना प्रतिनिधिहरू सहभागी छन् । कृषि विज्ञद्वय छवि पौडेल र जनक पन्तले सहगीकरण गरेका छन् ।
कृषकलाई पोषणमा आत्मनिर्भर बनाउने उद्देश्यले सुर्खेतका भेरी, वीरेन्द्रनगर र लेकबेशी नगरपालिकामा ‘पर्यावरणीय कृषि प्रणाली प्रबद्र्धन’ कार्यक्रम नमूनाका रुपमा लागू भएको छ । हरेक स्थानीय तहबाट चार कृषक समूह गठन गरिएका छन् । आधिकारिक रुपमा स्थानीय तहमा दर्ता भएका कृषकहरु समूहमा आबद्ध छन् । ति कृषक समूहले नमूनाका रुपमा १२ वटा कृषि बगैचामा तरकारी खेति गरेका छन् । जलबायु परिवर्तनमैत्री खेति प्रणर्ाली लागू गर्दै कृषकलाई पोषणा आहारमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले पर्यावरणीय कृषि प्रणर्ाली प्रबद्र्धन लागू गरिएको राष्ट्रिय कषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सशिराम आचार्यले जनाए ।


दर्शन खबर । २ पुष २०७८, शुक्रबार