
सुर्खेत । आप्रवासि तथा उनिहरुको दम्पत्तीको लागी एचआईभी रोकथाम कार्यक्रम अनर्तगत सरोकारवालाहरु संगको समन्वयात्मक बैठक वीरेन्द्रगरमा सम्पन्न भएको छ ।
शुक्रबार कपिलवस्तु ईन्टीग्रटेड डेभलभमेन्ट सर्भीसेज (किड्स) को आयोजनामा एचआईभी रोकथामका क्षेत्रमा काम गर्ने गरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालाहरु संग समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
संस्थाका कार्यक्रम अधिकृत अन्जु सापकोटाले संस्थाले संंचालन गरेका कार्यक्रमहरु, कार्यक्रम संचालनका क्रममा आउने गरेका चुनौती तथा सिकाई र भएको उपलब्धीका बारेका प्रस्तुतीकरण गरेकी थिईन् । सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका संस्थाको कार्यक्षेत्र रहेको सापकोटाले जानकारी दिईन ।
सुर्खेतका २ हजार २ सय २३ जनाको एचआईची परिक्षण गरिएकोमा ४ जनाको पोजेटिभ देखीएको सापकोटाले जानकारी दिईन् ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले एचआईभीको क्षेत्रमा काम गर्नु आफैमा चुनौतीको कुरा भएको बताउँदै, एचआईभी पोजेटिभहरु सबैलाई ईन्स्योरेन्सको दायारा ल्याउनु पर्ने बताएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले संस्थाले गरेको काम सकारात्मक भएको भन्दै आगामी दिनमा एचआईभी सर्न नदिन र एचआईभी पोजेटिभ भएकाहरुको नियमित निगरानी गर्नुपर्नेमा जोड दिनु पर्ने बताए । कपिलवस्तु ईन्टीग्रटेड डेभलभमेन्ट सर्भीसेजले एचआईभी परिक्षणको क्षेत्रमा राम्रो कामको सुवात गरेको, र सुर्खेतमा एचआईभीको क्षेत्रमा परामर्ष तथा तालिमको आवश्यक्ता रहेको भन्दै जनस्वास्थ्य अधिकृत वाग्लेले यस तर्फ सवै गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।
अहिले नेपालमै एचआईभी संक्रमीतहरुको संख्यामा कमी आएको भन्दै एचआईभी पोजेटिभहरुलाई कोभिड भ्याक्सिन प्रदान गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले भुमिका खेल्नु पर्नेमा उनले जोड दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका क्षयकुष्ठरोग अधिकृत गणेशभक्त गौतमको अध्यक्ष्यतामा भएको कार्यक्रममा सुर्खेतमा एचआईभीको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । २ पुष २०७८, शुक्रबार