
दैलख । श्री लक्ष्मी नेपाल राष्ट्रीय आधारभुत विद्यालय गुराँस ४ गाईबान्नाकी प्रधानाध्यापक शान्ती शर्माको एक कार्यक्रमा विच शुक्रबार विधाई गरिएको छ ।
३४ बर्ष सम्म श्री लक्ष्मी नेपाल राष्ट्रीय आधारभुत विद्यालय गाईबान्नामा अध्यापन गराउँदै आएकी शर्माको अवगास पश्चात शुत्रबार एक कार्यक्रमको आयोजना गरी विधाई गरिएको हो । २०३७ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समय सम्म अध्यापन गराउँदै आएकी शर्माको कदर गर्दै आगामी दिनको शुभकामना व्यक्त गर्दै विद्यालयले विधाई कार्यक्रमको आयोजना गरेको थियो ।
शिक्षक शर्माको विधाई गर्दै विद्यालय व्यवस्थापन विद्यालयका पुर्व अध्यक्ष देवी प्रशाद उपाध्यायले शिक्षक शर्माले विद्यालय गरेको योगदान अमुल्य रहको बताए ।
यस्तै शुत्रबारबाट विदाई भएकी शिक्षक शर्माले ३४ वर्ष सम्म विद्यालयका अध्यापन गराई अहिले विदाई हुदाँ दुख लागेको र आगामी दिनमा विद्यालयमा अध्यनरत विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै सम्पुणर् उपस्थीत अभिभावकहरुलाई धन्यावाद ज्ञापन गरीन् ।
विद्यालय व्यवस्थापन समितकिा अध्यक्ष अग्नी प्रशाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पुर्वअध्यक्षहरु पशुपती शर्मा, नगेन्द्र लामीछाने, देवी प्रशाद उपाध्याय, जग्गादाता अग्नीधर पौडेल, पुर्व शिक्षकहरु विष्णु शर्मा, तिलक शर्मा, भानुभक्त लामीछाने, नवराज शर्मा, सोम प्रशाद शर्मा, पुर्व विद्यार्थी तथा पत्रकार सिता आचार्य, समाजसेवी पवित्रा आचार्य लगाएतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सेभ द चिल्ड्रेनका दिनेश पोख्रेल, अतिथी सोसेक नेपाल दैलेखका प्रेम बिष्ट र गुराँस आधारभुत विद्यालय रानिमत्ताका प्रधानाध्यापक छबी विसी रहेका थिए ।
हाल ७९ जना विद्यार्थी अध्ययनरत नेपाल राष्ट्रीय आधारभुत विद्यालय गाईबान्नामा ५ जना शिक्षकहरु रहेका छन् । उक्त विद्यालयमा गुराँस गाउँपालिका वडा नम्वर ४ को गुराँसे, गाईबान्ना, भित्रिखोला, लामपाटा, कुमखोला, धानबारी लगाएतका क्षेत्रबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् ।



दर्शन खबर । २ पुष २०७८, शुक्रबार