
मनोज बोहोरा ।
सुर्खेत । द एसिया फाउन्डेसनको आर्थिक सहयोग र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) द्वारा संचालित दलित महिला तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चितताको लागि स्थानिय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत परियोजना सिकाई तथा समीक्षा कार्यक्रम शुक्रबारबाट वीरेन्द्रनगरमा सुरु भएको छ ।
दुई दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रमको अध्यक्षता नेपाल पिडित समुदाय संरक्षण केन्द्रका अध्यक्ष जे.वि विश्वकर्मा, प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका योजना अधिकृत प्रकाश पौडेल, नेप्सकोनका कार्यक्रम तथा मुल्याङ्न अधिकृत गगन एलजि, संस्थाका धनमल बिक लगाएत संस्था सँग आबद्ध विभिन्न स्थानीय तहका करिब २७ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कणर्ाली प्रदेशमा २०५४ सालमा स्थापना भएको गैरसरकारी संस्था नेप्सकोनले हाल २ जिल्ला सुर्खेत र जाजरकोट का ५ ओटा स्थानिय तहमा आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका, सम्ता गाउँपालिका , भेरिगंगा नगरपालिका र जाजरकोट जिल्लाको कुसे गाउपालिका र भेरि नगरपालिकामा सञ्चालन भएको कार्यक्रमले सधै महिला, दलित र सिमान्तकृतका समस्या हरुलाई उठान गर्दै उनिहरुको क्षमता अभिवृद्धि गर्नका लागी विभिन्न निकायहरु सँग सहकार्य गर्दै आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले आफु बाहुनको छोरा भए पनि सधै यस्ता बिषयमा आवाज उठाई राखेको र योजनाको सवालमा पनि दलित महिलाहरुको उत्तिकै सहभागिता हुनुपर्नेमा जोड दिएको बताए ।
त्यस्तै सिम्ता गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य सदस्य टेकनारायण विकले परिवर्तन आफुले चाहेर मात्र नहुने, कुनै व्यक्ति सरकार र संघसंस्थाले कार्यक्रम दिएर, अगाडि बढ्न सुझाव दिएर मात्र नहुने दावि गर्नु गरे । कार्यक्रम भोली शनिवार समापन हुने छ ।


दर्शन खबर । २ पुष २०७८, शुक्रबार