४ दिनसम्म पनी माओवादी केन्द्रको प्रदेश नेतृत्व चयन हुन सकेन


सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको नेतृत्व चयन गर्न सकस हुदैँ गईरहेको छ । प्रदेश सम्मेलनको उद्घाटन भएकोे ४ दिनसम्म नेतृत्व चयन गर्न नसकेको हो ।
कर्णाली प्रदेश कार्यसमितिका अध्यक्षका लागि आकांक्षीहरूबीच सहमति नहुँदा नेतृत्व चयनमा ढिलाइ भएको हो ।
स्रोतका अनुसारदेश अध्यक्षका लागि सुरुमा १४ जना आकांक्षी रहेका थिए जस मध्ये अहिले पाँचजनाले दाबी गरिरहेका छन् । उनीहरूबीच सहमति गर्ने प्रयास भईरहेको छ ।
प्रदेश अध्यक्षका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया