सिम्ताको जनसेवा प्रावीमा रातको समयमा पटक पटक किन लाग्याे ताला ?


सुर्खेत । सिम्ता गाउँपालीका वडा नम्वर ७ बागहानेमा रहेको जनसेवा प्रावीमा गएराती स्थानिय मनोज शाहीको समुहले ताला लगाएको छ । विद्यालयका पुर्व अध्यक्ष समेत रहेका शाहिले अभिभावक कमला शाहिको सहयोगमा गए राती ताला लगाएको विद्यालयका प्रधानाध्यापक सरोज विकले जानकारी दिए । गएको २२ गते राती पनी मनोज शाहिले विद्यालयमा ताला लगाएका थिए, २३ गते ईलाका प्रहरी कार्यालय बादेपिपलको सहयोगमा त्रीपक्षीय सहमती गरी विद्यालय संचालन गरिएको थियो, विद्यालयका निवर्तमान अध्यक्ष मनोज शाहीको समयावधी सकीएपछी २६ गते, अमर नेपालीलाई अभिभावक भेला मार्फत अध्यक्षमा चयन गरिएको थियो ।
विद्यालयका प्रअ सरोज विकलार्ई हटाउनु पर्ने माग गर्दै विद्यालयमा ताला लगाईएकाे हुन सक्ने अभिभावक पम्फा शाहीले बताईन ।
कक्षा ५ सम्म पढाई हुने जनसेवा प्रावीमा हाल १७ जना विद्यार्थी अध्ययनरत छन भने १२ जना अभिभावक रहेका छन् । जनसेवा प्रावीमा विद्यार्थीहरुले नियमित पढ्न पाएका छैनन् । विद्यलयका प्रअ सरोज विकका अनुसार ताला लगाउने मनोज शाहिले आफ्ना बालबालिकाहरु विद्यालयमा अध्ययन नगर्ने भएका कारण अरुलाइ पनी अध्ययन गर्न नदिने भन्दै आएका थिए ।
शिक्षा शाखा प्रमुख बुद्धी बहादुर गौतमले विद्यालयमा ताला लगाएको जानकारी आएको र के कारणले ताला लगाईयो भन्ने कुराको बिवरण नआएको बताए । उनले भने विद्यालयका प्रअ सरोज विकको विवादास्पद गतिविधिका कारण ताला लगाईएको होला । त्यो विद्यालयमा पहिला पनी ताला लगाईएको थियो । हामी ताला खोल्न र नियमित अध्ययन गर्नका लागी प्रयासरत छौँ शिक्षा शाखा प्रमुख गौतमले भने ।

तपाईको प्रतिक्रिया