कक्षा १२ को प्रमाणपत्र अब सम्बन्धित विद्यालयबाटै लिन सकिने

काठमाण्डौ । कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन् ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो । सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया