अपाङ्गता भएका बालबाकाहरुका लागी समावेशी शिक्षाका विषयमा अन्तरक्रिया सम्पन्न

सुर्खेत । अपाङ्गता भएका भएका व्यक्तीहरुको ३० औँ अन्तराष्ट्रीय अपाङ्गता दिवशको अवशरमा मंसिर १७ गते शुक्रबार सिम्ता गाउँपलिकामा समावेशी शिक्षाको विषयमा अन्र्तक्रीया कार्यक्रम संचालन गरिएको छ । सबैका लगाी पढाई कार्यक्रम संचालन गरिरहेको अपाङ्गग शसक्तीकरण केन्द्र सुर्खेत, यसएसएआईडी, एचआई, अपाङ्ग उत्थान केन्द्र सिम्ता, सिम्ता नेत्र हिन संघ सुर्खेत सिएमसि, सिबिएम लगाएत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा सिम्ता गाउँपलिकाको आयोजनामा कार्यक्रम कार्यक्रम संचालन गरिएको हो ।
अन्र्तक्रीया कार्यक्रमम सिम्ता गाउँपलिकाका उपाध्यक्ष तथा अपाङ्ग समन्वय समिती संयोजक चन्द्रकला शाही, निमित्त प्रमुख प्रशाशकिय अधिकृतल टोप बहादुर राना, शिक्षा शाखा प्रमुख बुद्धी प्रशाद गौतम, अपाङ्ग शसक्तीकरण केन्द्र सुर्खेका कार्यसमिती सदस्य पुणर् तिवारी, पिंकी गीरी सरोकारवाला बक्ताहरुको रुपमा रहनु भएको थियो भने सिम्ता गाउँपालिकाका अपाङ्गता भएका व्यक्तीहरु प्रश्नकर्ताको रुपमा रहनु भएको थियो अन्र्तक्रीया कार्यक्रमको सहजीकरण पत्रकार युवराज पंगालीले गर्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गगता भएका बालबालिकाहरुका लागी प्रयाप्त मात्रामा शैक्षीक सामागी्रहरु नहाँदा शिक्षण शिकाई क्रीयाकलाप संचालन गर्न तथा आफुहरुलाई सिक्नका लागी समस्या भएको विद्यार्थीको भनाइ राखेका थिए । अपाङ्गता भएका बालबालिकाहरुलाइई लक्षीत गरी विनियोजन गरिएको बजेट कार्यान्वयनको अवस्था विषयमा छलफल भएको थियो । समावेशी शिक्षाबाट बन्चीत हुन पुगेका बालबालिकाहरुलाई शिक्षामा सहभागी गराउन आवश्यक रहेको, समावेशी शिक्षाका लागी शिक्षा शाखा तथा पालिकाले गरेको पहल, स्वर बोलाई समस्या भएका बालबालिकाहरुका लागी पाठ्य पुस्तकको अभाव भएको जस्ता सवालहरु उठेका थिए ।
माथि उल्लेख गरिएका सवालहरुका विषयका आगामी दिनमा समस्या समाधान गर्नका लागी आफुहरु प्रतीबद्ध रहेको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गग समन्वय समिती सिम्ताका संयोजक चन्द्रकला शाहीले बताउनु भएको थियो । सिम्तामा रहेका सबै अपाङ्गता भएका तथा नभएका बालबालिकाहरुलाई शिक्षाको अधिकारबाट बन्चीत हसन नदीनका लागी पालिकाले संरचना निर्माणमा जोड दिएको निर्माणधिन संरचनाहरुपनी अपाङ्गता मैत्री बनाईएको निमीत्त प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर रानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया