
सुर्खेत । नेपाल स्काउट कर्णाली प्रदेशको कार्यलयले बराहताल गाउपालिका ४ तरङ्गाको भेरि माध्यमिक विधालयमा अध्यानरत कक्षा ६ देखी १२ सम्मका ३२ जना छात्र छात्रालाई स्काउट पोसाक वितरण गरको छ ।
आईतवार वडा नम्वर ४ मा रहेको भेरी मावी तरङ्गगामा पुगी स्काउट पोषाक हस्तान्त्रण गरिएको स्काउट कणर्ाली प्रदेशका संयोजक कमल बोहराल जानकारी दिनुभयो । स्काउट बराहताल गाउपालिका संयोजक पुर्ण बहादुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउट कणर्ाली प्रदेशका संयोजक कमल बोहरा, बिशेष अतिथि वडा नम्वर ४ का वडा अध्यक्ष टेक बहादुर कठाएत, भेरी मावीका प्रअ धन बहादुर रोकाया र नेकपा एमाले सुर्खेत जिल्ला कमिटि सदस्य घनश्याम पाण्डेको रहेको थियो ।
कार्यक्रमका विशेष अतिथि एवम् भेरि माध्यमिक विद्यालयका तरङ्गाका प्रधानाध्यापक धन बहादुर रोकायाले बराहतालको विकट बस्तीको विद्यालयमा स्काउट कर्णाली प्रदेशले पोसाक वितरण गरेकोमा धन्यवाद दिदैँ, स्काउटका कामलाई अघि बढाउने समेत प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।
कर्णालीका दुरदराजमा रहेका विधालयबाट सच्चा स्काउटर उत्पादन गर्ने र यिनै बिधार्थिले केही गरेको देख्ने र सुन्ने उदेश्य रहेकोले सोही अनुसार आफू लागि परेको स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहराले बताए ।


दर्शन खबर । २० मंसिर २०७८, सोमबार