
सुर्खेत । सिल्क गु्रपको बा्रन्डयम्बास्टरमा कर्णाली प्रदेशका कबिर के.सी. अनुबन्दित भएका छन् । २०६५ जेष्ठ ९ मा जन्मिएका कबिर सानैदेखी खेलकुदमा निकै रुची राख्ने गर्दथे । बिगत ५ बर्ष अघी देखी उनको लगाब ब्याटमिन्टन मा बढेको थियो । उनका बुवा कुशल के.सी. पुर्व राष्ट्रिय खेलाडी पनी रहेकाले उनलाई यस खेल प्रती लगाव बढेको उनी बताउछन् । पुर्व जे.बि.एस अध्यनरत कबिर हाल जन उच्च मा.वी मा कक्षा ९ मा अध्यनरत छन् । उनले प्रदेशमा भएका बिभिन्न प्रतिस्प्रधामा भाग लिई सकेका छन् ।
हालसालै सिन्धुपलान्चोकको बाह्रबिसेमा भईरहेको नेपाल च्याम्पियनसिमा कर्णाली प्रदेशबाट ब्याटमिन्टन खेल्नका लागी सहभागी भएका कबिर १३ बर्षको उमेरका खेलकुद प्रतीको लगाव र उकृष्ट खेल प्रर्दशनका कारण सिल्क ग्रुपको नजर उनीमा परेको थियो । खेलकुलकै माध्यमबाट नेपाललाई बिश्वमा चिनाउने सपना रहेको कबिर बताउछन् ।


दर्शन खबर । २० मंसिर २०७८, सोमबार