
लेकवेशी । दोस्रो लकवेशी मेयरकप खेलकुद प्रतियोगिताकोे उपाधी वडा नम्वर ४ र ९ ले जितेका छन् । मंसिर १७ गते देखी लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुर खेलमैदानमा सुरु भएको प्रतियोगितामा भलिवल तर्फ वडा नम्वर ९ चौरासे प्रथम र वडा नम्वर ५ नेटा दृतीय भएका छन् यस्तै फुटबल तर्फ वडा नम्वर ४ दरशथपुर प्रथम, वडा नम्वर ६ कल्याण दृतीय र वडा नम्वर ३ तृतीय भएका छन् । भलिवल तर्फ उत्कृष्ट खेलाडी ज्ञान बहादुर घर्ती र फुटबल तर्फ बिवेक घर्ती घोषीत भएका छन् ।
प्रतियोगितामा फुटबल तर्फ प्रथम पुरस्कार ४० हजार दोस्रो पुरस्कार ः ३० तिस हजार, तृतिय पुरस्कारः २० हजार र कप मेडल साथै प्रमाणपत्र, उत्कृष्ट खेलाडी नगद पुरस्कार, भलिबल तर्फ प्रथम पुरस्कार ३५हजार, द्धतिय पुरस्कार ः २५ हजार, तृतिय पुरस्कार ः १५ हजार, कप मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी नगद पुरस्कार हात पारेका छन् ।
लेकवेशी नगर खेलकुद विकास समीतीको आयोजनामा तिन दिन सम्म संचालन भएको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतीथी तथा लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनारले लेकवेशीको खेल क्षेत्रका लागी आवश्यक खेलमैदान तथा रंगशाला निर्माणको कामलाई अगाडी बढाईएको जानकारी दिदैँ, निकट भविष्यमा लेकवेशीमै प्रदेश स्तरका खेलकुद प्रतियोगीता संचालन गर्ने गरी संरचना निर्माणमा जुटेको दावी गर्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरी रहनु भएकी खेलकुद विकास समितीका संयोजक एवं नगर उपप्रमुख शान्ती कुमारी छन्तेलले लेकवेशीको खेलकुदलाई राष्ट्रीय स्तरमै चिनाउनका लागी र स्थानीय स्तरमा नयाँ खेलाडी निर्माण गर्न, नगर खेलकुद विकास समीतीले पहल गर्ने बताउनुभयो । लेकवेशीमा निर्माण भईरहेका खेलकुदका संचरनाहरुलाई समयमै सम्पन्न गर्न नगरपालिकाले पहल गरिहरेको र आगामी दिनमा पनी विभीन्न खेलकुद प्रतियोगिताहरु संचालन गरीने संयोजक छन्तेलले बताउनुभयो । कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष भिमसेन पुन, वडा नमवर ३ का वडा अध्यक्ष थिर बहादुर चलाउने, नगर खेलकुद विकास समिती लेकवेशीका सह संयोजक हेमन्त कुमार मल्ल, सचिव कुम गाहा जिवन ज्योती मावीका प्रधानाध्यापक, तिर्थ पौडेल, लगाएत खेल प्रेमी नागरिकहरुको सहभागिता रहेको कार्यक्रम जिवन कठाएतले संचालन गर्नु भएको थियो ।



दर्शन खबर । १९ मंसिर २०७८, आईतवार