
दैलेख । गुराँस गाउँपालिका वडा नम्वर ६ र ७ जोड्ने पाल्ते खोलामा झोलुङ्गे पुल निर्माणका लागी सिलन्यास गरिएको छ । करिब ४५ लाख लागतमा गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट पुल निर्माण गर्न लागीएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । पुल निर्माण कार्य समपन्न भए पश्चात गुराँस गाउँपालिकाका वडा नम्वर ६,७ र ८ का नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने अध्यक्ष वलीको भनाई रहेको छ । पुल नहुँदा वर्षातको समयमा वडा नम्वर ६,७ र ८ का नागरिकहरुलाई आवत जावत गर्न समस्या भईरहको गुनासो आएपछी पुल निर्माण कार्य थालिएको अध्यक्ष वलीले जानकारी दिनुभयो । पुल बन्ने भएपछी स्थानिय नागरिहरु हर्षीत भएका छन् ।


दर्शन खबर । १६ मंसिर २०७८, बिहीबार