
सुर्खेत । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने नारासहित ३० औँै अन्तराष्ट्रिय अपाङ्गता दिवस भोली मनाउन लागीएको छ । दिवसको पुर्व तयारी अन्र्तगत राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको आयोजना अपाङ्ग सशक्तिकरण सुर्खेत र सि एम सि नेपालको सहयोगमा बिहिवार वीरेन्द्रनगरमा अन्र्तक्रीया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३० औँै अन्तराष्ट्रिय अपाङ्गता दिवसको पुर्वतयारिमा कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकारी तथा गैरसरकारी संस्थाको भुमिकाका बिषयमा कर्णालीका सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध प्रतिनिधिहरुका बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको समस्या, चुनौती समाजले हेर्ने नजर, यसले पारेको प्रवाभ र पार्न सक्ने असरको बारेमा महासंघका प्रतिनिधले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा अपाङ्ग शसक्तीकरण केन्द्र सुर्खेत, युकेएड, समाज जागरण केन्द्र स्याक, सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, युनिसेफ, डब्लु एफ पी, यु एन ओपी एस, युनीसेफ, , एस एन भी, युएनडीपी, पि एल जि एस पी, मेडेप, विश्व स्वास्थ्य संगठन, आई एन एफ, तयार नेपाल, एच आई, विश्व शीक्षा, सिएमसि, सुआहारा तथा सामाजिक विकास महाशाखा कर्णाली प्रदेशका प्रतिनिधीहरुको सहभागिता रहेको अपाङ्ग शसक्तीकरण केन्द्र सुर्खेतका कार्यक्रम अधिकृत जनक तिवारीले जानकारी दिनुभयो । ३० औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भोलि विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।
कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा भोग्नुपरेको समस्याहरु र स्रोत कक्षाका सिक्षण सिकाइमा भएका समस्यालाइ अपाङ्ग शसक्तीकरण केन्द्र सुर्खे कार्यकारी निर्नेशक विष्णु प्रसाद शर्माले उपस्थित सरोकारवालाई जानकारी गराउनु भएको थियो ।
यसैगरी कार्यक्रममा सेभ द चिल्ड्रेन बाट प्रतिनिधित्व गर्नुभएको विष्णु बमले अपाङ्गता भएका बालबालिकाहरुको प्रारम्भिक पहिचान कुरा सबैभन्दा महत्वपुणर् छ यसलाइ पालिका स्तरमा नै यो कुरा लाइ स्थानिय स्तर मार्फत लिएर जानुपर्ने बताउनुभयो । त्यसैगरी अपाङ्गता भएका बालबालिकालाइ रेफरको कुरा नै कणर्ालिमा कमजोर भएको भन्दै रेफरल मेकानिजम सुदृढ बनाउन सुर्खेतबाट सुरु गर्न सकिने बताउनु भयो ।
त्यसैगरी युकेएडका खगेन्द्र राइले गैर सरकारी संस्थाहरुले काम गर्दा अपाङ्गतासँग सम्बन्धित छुट्टै कार्यक्रम नभएपनि संस्थाले संचालन गर्ने सबै कार्यक्रममा अपाङ्गता भएका ब्यत्तिःहरुका विषयमा संवेदनशिल भएर काम गर्न आग्रह गर्नु भएको थियो ।


दर्शन खबर । १६ मंसिर २०७८, बिहीबार