
सुर्खेत । ३४ ओैँ विश्व एड्स दिवश सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा यहि मंसिर १३ गते चौकुने गाउँपालिकामा एच आई भि संक्रमितहरुको स्वास्थ्य विमाको विषयमा अन्तरक्रिया कार्यक्रम र ए एच एफ नेपालको आयोजनामा पश्चिमको कुइनेमा ६६ जनाको निशुल्क एच आइ भि परिक्षण गरिएको छ ।
१४ गते मेहलकुनामा ए एच एफ नेपाल र प्रदेश स्वास्थ्य निर्देशनालयको सयुतm रुपमा निशुल्क एच आइ भि परिक्षण, १५ गते १ डिसेम्बरका दिन प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना, जनस्वास्थय सेवा कार्यालय , किड्स नेपाल, एन एन डब्लु एस, एनएपी प्लस एन र ए एच एफको प्राविधिक सहयोगमा सुर्खेतको विरेन्द्रनगरको सिटि वसपार्कमा निशुल्क रुपमा ५० जनाको एच आई भि परिक्षण , सचेतना , र कण्डम वितरण गरिएको नेपाल राष्ट्रीय समाज कल्याण संघ सुर्खेतका कार्यक्रम अधिकृत भरत गिरीले जानकारी दिनुभयो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको सहयोगमा नव किरण प्लस संस्थामा १८ बर्ष मुनिका एच आइ भि सक्रमित बालबालिकाहरुलाई मासिक ५०० को दरले ३० जना संक्रमित बालबालिकाहरुलाई पोषण सहयोग र शैक्षिक समाग्री वितरण गरेका थिए र चेक उपल्बध गराएको छ ।
चेक जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले नव किरण प्लसका प्रुमुख देवेन्द्र पाठकलाई हस्तान्तरण गर्नुभएको थियो,
यसै गरि ए एच एफ नेपाल को सहयोगमा न्यानो कपडा वितरण कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खडका ,एच आई भि फोकल पसर्न पदम केसी ,जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्ले , एच आई भि फोकल पर्सन गणेश भतm गौतम ,नेपाल परिवार नियोजना संघ का प्रमुख शेखर धमला, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक चन्द्र सिह सेजुवाल , प्रदेश अस्पतालका ओ पि टि इन्र्चाज सविता योगी , ए आर टि काउनसिलर समिता गिरी , नव किरण प्लसका प्रमुख देवेन्द्र पाठक नेपाल राष्ट्रीय समाज कल्याण संघ सुर्खेतका प्रमुख भरत गिरी, किड्स नेपालका निरज डिसी, अन्जु सापकोटा , वि डि एस का अन्जली विसी लगाएत प्रदेश अस्पतालका डाक्टर लगाएतको सहभागिता थियो ।


दर्शन खबर । १६ मंसिर २०७८, बिहीबार