
सुर्खेत । भोली मंसिर १७ गते देखी लेकवेशमा हुन गईरहको दोस्रो लेकवेशी मेयर कप खेलकुद प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ ।
भोली मंसिर १७, १८ र १९ गते लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुर खेल मैदानमा दोस्रो लेकवेशी मेयर कप अन्र्तरगत भलिबल र फुटबल प्रतियोगिता संचालन गर्न लागीएको हो । नगर खेलकुद विकास समिती लेकवेशीको आयोजना तथा लेकवेशी नगरपालिकाको समन्वयमा वडा स्तरिय प्रतियोगिता संचालन गर्न लागीएको नगर खेलकुद विकास समिति लेकवेशीका सहसंयोजक हेमन्त कुमार मल्लले जानकारी दिनुभयो । टिम दर्ताका लागी भलिबल तर्फ १ हजार र फुटबल तर्फ १ हजार ५ सय रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा फुटबल तर्फ प्रथम पुरस्कार ४०,००० (चालिस हजार), दोस्रो पुरस्कार ः ३०,००० ( तिस हजार ), तृतिय पुरस्कारः २०,००० (बिस हजार) र कप मेडल साथै प्रमाणपत्र, उत्कृष्ट खेलाडी नगद पुरस्कार र भलिबल तर्फ प्रथम पुरस्कार ३५,००० (पैतिस हजार), द्धतिय पुरस्कार ः २५,००० (पच्चीस हजार), तृतिय पुरस्कार ः १५,००० ( पन्ध्र हजार) र कप मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी नगद पुरस्कार रहेको सहसंयोजक हेमन्त कुमार मल्लले जानकारी दिनुभयो । लेकवेशी नगरपालिकाका सम्पुणर् वडाहरुबाट वडाको ब्यानर सहित खेलाडी अनिवार्य सहभागी गराउनु पर्ने, खेलाडीको पोशाक अनिवार्य रुपमा हुनु पर्ने, उनिहरुका लागी खान, बस्न र यातायातको व्यवस्था वडा कार्यालयहरुले गर्नु पर्ने तथा पहिचानका लागी खेलाडीहरुको नागरिकता तथा बसाई सराई भएको भए वडा कार्यालयको सिफारिस सहित एक प्रती फोटो अनिवार्य रुपमा पेश गर्नु पर्ने मुल आयोजक समितिले जनाएको छ ।


दर्शन खबर । १६ मंसिर २०७८, बिहीबार