लेकवेशीमा मंसिर १७ देखी फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिने

सुर्खेत । लेकवेशी नगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य मंसिर १७ गते शुक्रबार देखी सुरु हुने भएको छ । लेकवेशी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरुका लागी मंसिर १७ गते देखी पौष २ गते सम्म लागी १० वटै वडाहरुमा १० दिन सम्म नामावली संकलन गरिने र ३ दिन नगरपालिकामा संकलन गरिने नगरपालिकाले जनाएको छ ।

मतदाता नामालवी संकलन कार्य मंसिर १७ गते वडा नम्वर १०, मंसिर १८ गते वडा नम्वर ९, मंसिर १९ गते वडा नम्वर ८, मंसिर २० गते वडा नम्वर ७, मंसिर २१ गते वडा नम्वर ६, मंसिर २२ गते वडा नम्वर ५, मंसिर २३ गते वडा नम्वर ४, मंसिर २४ गतेवडा नम्वर ३, मंसिर २५ गते वडा नम्वर २, मंसिर २६ गते वडा नम्वर १ र मंसिर २७ गते देखी पौष २ गते सम्म नगरपालिकामा संकलन गरिने नगरपालिकाले जानकारी दिएको छ ।

२०७७ पौष ५ गते सम्म १८ वर्ष पुरा भएका मतदाताको अन्तीम नामावली निर्वाचनको आधिकारीक वेवसाईटमा गएर हेर्न  सकिने छ ।
मतदाता नामालवी संकलनका लागी नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र र बसाई सराई सरि आएको भए बसाईसराई दर्ताको प्रमाणपत्र लिएर मतदाता नामावली संकलन कार्य स्थलमा आउनु पर्ने मतदाता नामाली निर्वाचन फोकल पर्सन दिपेन्द्र गाहाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया