
सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागी आज १ बजेका संसद बैठक बोलाइएको छ । मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८ सौं दिनमा विश्वासको मत लिन लागेका हुन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि काँग्रेस संसदीय दलका नेता शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका सांसदहरु जारी दशौ राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका कारण आजको संसद बैठमा एमाले भने सहभागी नहुने भएको छ ।
एमाले अनुपस्थित भए पनि संसद आजको बैठक चल्नेछ ।


दर्शन खबर । १४ मंसिर २०७८, मंगलवार