दैलेखमा भिरबाट लडेर एक वृद्धाकाे मृत्यु

दैलेख । दैलेखमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।

लडेर नारायण नगरपालिका-४ सोतकी मैसरा कटुवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।


तपाईको प्रतिक्रिया