
लेकवेशी । नेकपा (माओवादी केन्द्र) लेकवेशी नगरपालिकाको अध्यक्षमा खड्क बहादुर राष्कोटी चयन भएका छन् । सोमवार भएको दोश्रो सम्मेलनबाट रोष्कोटीको अध्यक्षता ५९ सदस्यीय नयाँ नगर समिती गठन गरिएको हो । उपाध्यक्षमा, धर्म सापकोटा, चन्द्रा बुढा, गोकणर् वली, सचीवमा मदन गाहा, सह-सचीव ः- भुपेन्द्र कार्की, कोषाध्यक्ष, आरती बि.क. लगाएत ५९ सदस्यीय नगर कमिटी गरिएको नगर किमीटीका अध्यक्ष खड्क बहादुर राष्कोटीले जानकारी दिए । कार्यक्रमा माओवादी केन्द्र केन्द्रीय कमिटी सदस्य तथा कणर्ाली प्रदेश कमिटीका अध्यक्ष राज कुमार शर्मा,जिल्ला समन्वय समितीका संयोजक कृष्ण जिसी, लेकवेशी नगर कमिटी ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य सिता नेपाली, कणर्ाली प्रदेश परिषद सदस्य ललित परियार लगाएतका नेताहरुको सहभागिताका सम्मेलन सम्पन्न भएको नगर कमिटी अध्यक्ष खड्क बहादुर राष्कोटीले जानकारी दिए ।


दर्शन खबर । १४ मंसिर २०७८, मंगलवार