६ पालिकामा माओवादी केन्द्रकाे अधिवेशन सम्पन्न, लेकवेशीमा भने सुरु हुन सकेन


सुर्खेत । नेकपा (माओवादी) केन्द्र सुर्खेतले ६ वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरिगंगा नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुे गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बल बहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही र चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक, सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा बन्द सत्र जारी रहेको नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जिसिले जानकारी दिए । लेकवेशी नगरपालिकामा भने अधिवेशन सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया