
सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन आज हुदैछ । नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल सर्बसमत सभापतीमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि आज मतदान हुदैछ । सोही पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनाबी मैदानमा छन् ।
रामचन्द्र पौडेल पक्षबाट भने महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षलाइ संस्थापन पक्षले क्लीनस्पीप गरेपछि सभापति बाहेकका पदमाका लागी चुनाबी मैदानमा छन् । उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्त छन् । चुनाब बिहान ११ बजेपछि सुरू हुने निर्वाचन समितिले जनाएको छ ।


दर्शन खबर । १२ मंसिर २०७८, आईतवार