विश्व एड्स दिवश सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनाईने


सुर्खेत । विश्व एड्स दिवश सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ ।
आईतवार नेपाल राष्ट्रीय समाज कल्याण संघ सुर्खेतले आयोजना गरेको सरोकारवालाहरुको बैठकले विभिन्न जनचेतनामुलक कार्यक्रम गरि साताब्यापी रुपमा एड्स दिवश मनाउने निणर्य गरेको हो । नव किरण प्लस , एनएनएसडब्लुए, सेभ द चिल्ड्रेन, किड्स नेपाल, ए एच एफ नेपाल , प्रदेश स्वास्थ्य निर्देशनालय र जनस्वाथ्य सेवा कार्यालय सुर्खेतको सहकार्यमा साताब्यापी कार्यक्रम गरिने भएको हो । साताब्यापी कार्यक्रम यहि मंसीर १३ गते एच आइ भि सक्रमितहरुको अनिवार्य स्वास्थ्य विमा गराउने विषयमा चौकुने गाउँपालिकाको गुठुमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मंसीर १४ गते सुर्खेतको पूर्वी क्षेत्र मेहलकुना र मैनतडामा दिवशको अवसरमा सबै समुहलनई निःशुल्क एच आइ भि परिक्षण गरिने भएको छ । मंसिर १५ गते डिसेम्बर १ तारिकमा सुर्खेतमा जन स्वास्थ सेवा कार्यालय सुर्खेतको सहयोगमा १८ मुनिका संक्रमित बालबालिकालाई मासिक ५०० को दरले वितरण गर्ने र बालबालिकाहरुलाई , शिक्षण साम्रगी वितरण गर्ने ,ए एच एफ नेपालको सहयोगमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम नव किरण प्लसको कार्यालयमा आयोजना गरिएको छ भने बस पार्क सुर्खेतमा स्टल राखि सचेतना र सबै समुहलाई निःशुल्क एच आइ भि परिक्षण गरिने भएको नेपाल राष्ट्रीय समाज कल्याण संघ सुर्खेतका कार्यक्रम अधिकृत भरत गिरीले जानकारी दिए । सरोकारवालाहरुको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका दयाराम पंगाली, किड्स नेपालका कार्यक्रम अधिकृत अन्जु सापकोटा,बिडिएस का अन्जली विसी, रिकभरिङ्ग नेपनलका ललित भट्राई, नवकिरण प्लसका देबेन्द्र पाठक, वीरेन्द्रनगर नगरपालिकाका यज्ञ बहादुर मन्दीर नेपाल राष्ट्रीय समाज कल्याण संघ सुर्खेतका कार्यक्रम अधिकृत भरत गिरी लगाएतको सहभागितामा बैठक सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया