जाजरकोटमा बस दुर्घटना – ५ जनाको मृत्यु, २७ जना घाइते

जाजरकोट । जाजरकोटको कुदुमा गएराती बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।
जाजरकोटका डीएपी मधुकुमार थापाका अनुसार दुर्घटनामा थप २७ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा नलगाड नगरपालिका ३ करुवा जाजरकोटका शेरबहादुर परियार, आठबिसकोट ४ रुकुमपश्चिमकी ४ वर्षीया विद्या शाही र राजबिराज नगरपालिका १ सत्तरीका ४० वर्षीय गंगाराम यादव रहेका छन् ।
दुर्घटनामा परि मृत्यु भएका बाँकी दुईजना महिलाको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो ।
बस चालक नेपालगंज उप-महानगरपािलका ४ बाँकेका ४६ वर्षीय चित्रबहादुर देलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया