माओवादी केन्द्र भेरीगंगाको अध्यक्षमा भण्डारी र सचिवमा कार्की


भेरिगंगा । नेकपा माओवादी केन्द्र भेरिगंगा नगरकमिटीको अध्यक्षमा गणेश भण्डारी र सचिवमा नवराज कार्की चयन भएका छन् । शुक्रबार भएको दोस्रो नगर सम्मेलनवाट अध्यक्षमा गणेश भण्डारी उपाध्यक्षमा डिलसरा थापा (निकता) , दल बहादुर थापा, चन्द्र बहादुर घर्ती, सचिवमा नवराज कार्की, सहसचिव राम बहादुर खड्का र कोषध्यक्षमा डिल्ली सिं लगाएत ६५ सदस्यीय नगर कमिटी चयन गरिएको उपाध्यक्ष डिलसरा थापाले जानकारी दिईन ।
यस्तै नगरपालिकाका १३ वटै वडाहरुमा वडा कमिटीहरु गठन भईसकेका छन् । जस अन्र्तगत वडा नम्वर १ माराम बहादुर सार्की, वडा नम्वर २ मा, चिरञ्जीवी बुढा, वडा नम्वर ३ मा रिम बहादुर खत्री वडा नम्वर ४ मा गणेश बहादुर वली, वडा नम्वर ५ मा पदम बहादुर खत्री, वडा नम्वर ६मा याम बहादुर ओलि, वडा नम्वर ७ मा सेर बहादुर खत्री, वडा नम्वर ८ मा गुम बहादुर कामि, वडा नम्वर ९ मा भिम बहादुर आग्रि, वडा नम्वर १० मा भावना राना, वडा नम्वर ११ मा प्रेम बहादुर नेपाली, वडा नम्वर १२ मा १२ सनत बहादुर खड्का र वडा नम्वर १३ मा चन्द्र बहादुर भणडारि रहेका छन् ।

तपाईको प्रतिक्रिया