क्षेत्र नम्वर १ को सभापतीमा डाङ्गी र सचिवमा राना विजयी


सुर्खेत । नेपाली कंग्रेस सुर्खेत क्षेत्र नम्वर १ को सभापतीमा झक बहादुर डाङ्गी र सचिवमा मोहन राना बिजयी भएका छन् ।
संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलनै भारी मतअन्तरमा विजय भएको हो ।
सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन् ।
जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।
क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने सह-सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
प्रत्यक्ष तर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूणर्प्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् ।
खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, पूणर्बहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन् ।
साथै, काँग्रेस महामन्त्री पूणर् बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका थिए । उनले ७ सय ३६ मत प्राप्त गरि विजय भएका छन् ।
काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए ।