
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टीको हरी बिजोग भएको बताए छन् । प्राईभेट कम्पनी जसरी संचालन भएको पार्टीमामा कार्यकर्ता आजीत भईसकेको र नेकपा एसमा प्रवेश गर्नेहरुको लहर चलेको बताए ।
कणर्ाली प्रदेश कमिटीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका नेपालले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन ।
भोलिबाट चितवनमा हुने नेकपा एमालेको महाधिवेशनबारे व्यंग्य गर्दै नेपालले अहिले कमसेकम गैंडाको हातमा झण्डा दिइएको छ, अब गैंडा पाइएन भने बाँदरको हातमा पार्टीको झण्डा दिने होला ।’
देशमा राजनीती क्रान्ती सम्पन्न भएता पनी सामाजिक क्रान्ती सम्पन्न नभएको भन्दै उनले पुराना विकृति, विसंगतिलाई हटाएर नयाँ ढंगले आफ्नो पार्टी अघि बढ्ने बताए ।
जनताको हित र कल्याणमा आफ्नो नेकपा एस पार्टीले काम गर्ने नेपालले जिकीर गरे ।
देशमा समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए ।


दर्शन खबर । ९ मंसिर २०७८, बिहीबार