जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएका शाही

सिम्ता । रात दिन नभनी समाज सेवामा दौडीरहने जनप्रतीनीधी हुन लोक बहादुर शाही । सिम्ता गाउँपालिका वडा नम्वर ३ का जनप्रतीनीध शाहीले विविध समयमा विभिन्न लोकप्रीय कामहरु गर्दै आएका छन् । मंगलवार आफ्नो जन्मदिको अवसरमा धार्मिक क्षेत्रमा लगानी गरेका छन् ।
अघिल्ला वर्षहरुमा विद्यालयहरुमा अक्षकोष स्थापना गर्दै आएका शाहीले यसपालिको जन्मदिनमा आफ्नै वडाको धार्मिक स्थलमा तारवार र गेट निर्माणकार्य गरेका छन् । जन्मदिनको अबसरमा सिम्ता गाउँपालिका वडा ३ मा रहेको देउलिबजार धार्मिक स्थलमा गेट सहित तारबारले घेरबार कार्य गरेका छन् ।
यो योजनाका लागि उक्त धार्मिक स्थलमा २५ हजार खर्चेर उक्त कार्या गरेका हुन । आफ्नो जन्मदिनमा प्रत्येक वर्ष धार्मिक स्थल, सार्वजनिक क्षेत्र, गरिबी विद्यार्थीलाई मात्रै केही आर्थिक सहयोग गर्ने गरेका छन् ।
उनले वडा सदस्यको तलव जन्मदिनको अवसरमा समाजिक क्षेत्रमै खर्चने गरेका छन् । यश भन्दा पहिले पनि उनले लाखौंको रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन् ।