प्रधानसेनापति शर्माको टोलीद्धारा मुख्यमन्त्री शाहीसँग भेटघाट

सुर्खेत । प्रधानसेनापति प्रभुराम शर्माको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट गर्नुभएको छ ।

उक्त अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्री शाहीसमक्ष ब्रिफिङ गर्नुभएको थियो ।

त्यस्तै उहाँले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न ईच्छुक रहेको र कर्णाली करिडोर अन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसका साथै मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्न समेत राजी भएका बताइएको छ ।

मुख्यमन्त्री शाहीले रुकुम–सल्यान छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग नाग्मा जुम्ला, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपत् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानबारे चर्चा र प्रशंसा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया