रुकुम पश्चिमका पालिकाहरूमा बने अस्पताल


रुकुम पश्चिम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरूको संख्या थपिँदै गएपछि स्थानीयको उपचारमा पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयले सहजै उपचार पाउन थालेका हुन् ।
अहिले एउटा वडामा कम्तीमा एक जना अहेव र एक जना अनमी छन् । ससानो उपचारका लागि स्थानीयले वडा छाड्नुपर्ने बाध्यता टरेको छ ।
आधारभूत स्वास्थ्य इकाईमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया