सल्यानाको कुपिण्डे तालमा र्‍याफ्टिङ सञ्चालनमा

सल्यान। जिल्लाको कुपिण्डे तालमा पहिलो पटक र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको छ ।
पर्यटन प्रवनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ डिभिजन वन कार्यालय सल्यानको आर्थिक सहयोगमा बनगाड कुपिण्डे नगरपालिकालाई तीन वटा र्‍याफ्टिङ हस्तान्तरण गरेको छ । यसअघि तालमा काठका परम्परागत डुंगा सञ्चालन रहेकोमा पहिलो पटक र्‍याफ्टिङ बोर्ट सञ्चालनमा ल्याइएको हो ।
आधुनिक डुंगा सञ्चालनमा ल्याएपछि तालमा आउने आन्तरिक तथा बाह्रय पर्यटकको संख्यामा वृद्धि आउने अपेक्षा गरिएको डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताउनुभयो । उक्त डुंगामा बसेर छिटो र कम जोखिम पूणर् रुपमा तालमा सयर गर्न सकिने उनको भनाइ छ ।
कुपिण्डेतालको पर्यापर्यटनको टेवा पुग्नुका साथै स्थानीय समुदायको रोजगारी र जीविकोपार्जनमा समेत योगदान पुर्‍याउने गिरीको भनाई छ । अन्य डुंगामा भन्दा यसमा जोखिम कम भएको र वातावरणीय हिसाबले पनि ठिक भएको उनको भनाई छ ।
५० लाखको लागतमा ३ वटा र्‍याफ्टिङ बोट, ३ गाइड ज्याकेट, ३ लाइफ ज्याकेट २६, पम्प ३, सेफ हाउस १, गाइड प्याडल, ३, प्याडल २६, हेल्मेट २६ लगायतका सामग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कुपिण्डे तालको विकासका लागि गुरुयोजना बनाई रहेको गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया