चितुवाको छालासहित बड्डीचौरबाट चारजना पक्राउ

                                                                        फाईल फाेटाे

सुर्खेत । बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । तीन थान चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कणर्ाली प्रदेश प्रहरी कार्यालयको ब्युरो टोलीले उनीहरुलाई पक्राउन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राम प्रशाद घर्तिले जानकारी दिए ।
विषेश सुचनाको आधारमा बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट शनिवार सवा १ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल नगरपालिका-८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ का विमल शाही रहेका छन् ।