मंसिर १० देखि पुस ५ सम्म सुर्खेत विमानस्थल बन्द हुने


सुर्खेत । रनवे मर्मतसम्भार गर्नका लागि सुर्खेत विमानस्थल २५ दिन बन्द गरिने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग मर्मत सम्हार गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले जानकारी दिए । विमानस्थल नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले अहिले यो काम गर्न लागिएको उनको भनाई छ ।
सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुने भएपछि नेपालगन्जमा एउटा उडान थप्ते गरी ६ वटा उडान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया