प्रदेश स्तरीय रंगशाला निर्माणका लागी सम्झौता, ३० महिनामा सक्ने लक्ष्य


सुर्खेत । वीरेन्द्रनगरमा प्रदेश स्तरको रंगशाला निर्माणका लागी निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ ।
१० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण कार्य ३० महिनामा तयार गर्ने योजना रहेको छ ।
यसका लागि प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माण लागी काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजी संग आइतबार सम्झौता भएको हो ।
२०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।
१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ ।
टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ ।