
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा नियुक्तीका लागि सिफारिस गरेका अधिवक्ता धुव्रकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाइ प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनियताको सपथ खुवाइएको हो ।
सरकार फेरबदलसँगै नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएपछि सरकारको कानूनी सल्लाकारको रुपमा मुख्य न्यायाधीवक्तामा श्रेष्ठमा नियुक्त भएका हुन ।
‘आज नै नियुक्त गर्ने तयारी भएपनि केही प्राविधिक कठिनाइले सम्भव देखिँदैन्,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘सरकारको प्रमुख कानूनी सल्लाहकार रुपमा रहेको मुख्य न्यायाधिवक्ता अति आवश्यक हुने भएकोले शुक्रबारसम्म किनारा लगाउने गृहकार्य भइरहेको छ ।’
तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा दुई जना मुख्य न्यायाधिवक्ता नियुक्त भएपनि पदावधी नसकिदै राजिनामा दिएका थिए । तत्कालिन मुख्यन्याधिवक्ता अधिवक्ता विद्याभूषण मानन्धरले गएको फागुन १३ गते र त्यसपछि नियुक्त भएका अधिवक्ता मात्रिकाप्रसाद खनालले यहीँ कार्तिकबाट लागु हुनेगरी राजिनामा दिएका थिए ।
नेपालका संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाइ नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले मुख्यन्याधिवक्ताको कार्यालयमा आज नै पदभार ग्रहण गरेका छन् ।


दर्शन खबर । २८ कार्तिक २०७८, आईतवार